विदेश

भारतको श्रीनगर एयरपोर्टमा आतंककारी हमला, सबै उडान रद्ध

भारतको श्रीनगर एयरपोर्टमा आतंककारी हमला, सबै उडान रद्ध

नयाँदिल्ली । भारतको श्रीनगर एयरपोर्ट नजिक रहेको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) क्याम्पमा मंगलबार विहान आतंककारी हमला भएको छ । सो आतंककारी हमलामा बीएसएफका तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । 

विहान साढे चार बजे आतंककारी हमला भएपछि बीएसएफका सुरक्षाकर्मीले प्रत्याक्रमण गरेका थिए । त्यस क्रममा एक जना आतंककारी मारिएका छन् ।

समाचार एजेन्सी एएनआईएका अनुसार, सो क्याम्पमा एक सय ८२ जना बीएसएफका सुरक्षाकर्मी थिए । सो क्याम्प श्रीनगर एयरपोर्टको गेटनजिकै छ ।
यो घटनापछि श्रीनगर एयरपोर्टबाट हुने सबै उडान रद्ध गरिएको छ । एयरपोर्टभित्र कुनै सवारी साधन छिर्न दिइएको छैन ।

विशेष