विदेश

लस भेगास आक्रमणमा मारिनेको संख्या ५९ पुग्यो, ५१५ बढी घाइते

आक्रमणकारीको साथमा ४२ ओटा अत्याधुनिक हतियार रहेको पुष्टि

लस भेगास आक्रमणमा मारिनेको संख्या ५९ पुग्यो, ५१५ बढी घाइते

लस एन्जेलस । अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५९ जनाको ज्यान गएको छ भने अरु २०० जना घाइते भएका छन् । 

लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५९ जनाको ज्यान गएको पुष्टी भएको छ ।सोमबार बिहान लस भेगसको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५९ पुगेको जानकारी सहितको विज्ञप्ति प्रकाशन गरेको छ । सोही गोलीकाण्डमा परी ५१५ भन्दा बढी जना गम्भीर रुपमा घाइते भएका छन् । 

सो होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आम हत्या गरेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ बर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो । 

प्रहरीले उनी बसेको होटलबाट २९ उनको घरबाट १३ गरी ४२ ओटा बन्दुकसमेत बरामद गरेको छ । 

प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ । साथै प्रहरीले सो घटनामा संलग्नताको आशंकामा एकजना एसियाली महिलाको पनि खोजी गरिरहेको जनाएको छ । 

विशेष