News विदेश

यस्ता छन् उत्तर कोरियाका नागरिकलाई प्रतिबन्ध लगाइएका कुराहरु

यस्ता छन् उत्तर कोरियाका नागरिकलाई प्रतिबन्ध लगाइएका कुराहरु

एजेन्सी । एक जमाना थियो जतिबेला हिटलरको नामले पुरै दुनियाँ हल्लाएको थियो । हिटलर भन्ने वित्तिकै एउटा रिसाहा र निरंकुश अनुहार सबैको मष्तिस्कमा आईपुग्छ । तर अहिलेको संसार एउटा अर्को नामले थर्कमान भएको छ त्यो नाम हो, उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग ।
पछिल्लो समय अमेरीका र उत्तर कोरियाबीच भएको ‘भाले जुधाई’ बिश्वलाई हरेक दिनको चासो बनिरहेको बेला आउनुहोस् जान्नुहोस किम जोङ्गले आफ्ना नागरीकका लागी बनाएका नियमहरु, जसले गर्दा तपाई नेपालमा जन्मन पाउनु भएकोमा गर्व गर्न थाल्नु हुनेछ ।

१. टेलिभिजन हेर्न प्रतिबन्धः हामी हम्रो देशमा कुन चाहीँ देशको टिभी च्यानल हेर्न पाउँदैनाै ? यो देशमा किमले जुन टिभि हेर्न निर्देषशन दिन्छन् सोही टिभीमात्र हेर्न पाउनु हुन्छ । त्यहाँ केवल सरकारी च्यानलहरु मात्र प्रशारण हुन्छन् जुन किमले चाहन्छन् ।

२. निश्चित हेयरस्टायलः कपाल काट्नपनि यो देशमा सरकारले स्टाईल निर्धारण गरेको छ । केवल २८ ओटा स्टाईल मध्ये महिलालाई १७ वटा र पुरुषलाई जम्मा १० वटा तरीकाले कपाल मिलाउन छुट छ, अन्यथा जेल पनि हुन्छ । विवाहित महिलाले कपाल लामो पार्न र पुरुषले तीन इन्च भन्दा लामो कपाल पाल्न प्रतिबन्ध गरीएको छ । यसो गर्दा मृत्युदण्डसमेत हुन सक्छ ।

३. निलो जिन्सः वास्तवमा जिन्सलाई अमेरीकाको पहिरन भनेर लगाउन प्रतिबन्ध गरीएको छ । त्यसमा पनि निलो जिन्स लगाउनेलाई जेलको सजायसमेत गरिन्छ ।

४. देश छोडेर बाहिर जान रोकः यो देशबाट कोही पनि व्यक्ति अन्यत्र जान मनाही छ । यसरी गएको थाह पाएमा त्यहाँका सरकारी अधिकारीहरुले गोली हानेर मारिदिन्छन् । सम्भव भएसम्म किमले आफैँ क्रुर यातना दिएर मार्ने गर्छन् । अचम्मको कुरा के छ भने, किम आफू भने स्वीजरल्याण्डमा नाम लुकाएर पढ्न बसेका थिए ।

५. बाइबल राख्न मनाहीः उत्तर कोरीयामा बाइबल कसैले राखेको फेला परेमा सिधै फाँसीको सजाय हुन्छ । त्यस देशमा भगवान भनेर केवल किम परिवारलाई मान्नु पर्छ , यतिसम्मकी किम जोङ्गको बुवा किम जोङ्ग इल आफ्नो दिमागबाट मौसमको कन्ट्रोल गर्न सक्थे । किमले आफ्नो बाबुको मृत्युमा नरुने मानिसहरुलाई मृत्युदण्डको सजाय दिएका थिए ।

उत्तर कोरीयाका बारेमा अझै धेरै रोचक र डरलाग्दा जानकारीहरु हामी दिदैं जानेछौं ।

विशेष