विदेश

अफगानिस्तानमा चौध जना तालिबान मारिए

अफगानिस्तानमा चौध जना तालिबान मारिए

कुन्दुज (अफगानिस्तान) । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा १४ जना तालिलबान आतंककारी मारिएका छन् । 

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो कुन्दुज प्रान्तमा आठ र बादख्शान प्रान्तमा छ जना आतंककारीको मृत्यु भएको छ । यस कारबाहीको तालिबान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । 

अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिन अघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो । पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । 

सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ ।

Taliban

विशेष