News

अनधिकृत रुपमा विद्युत् प्रयोग गर्ने नौजना पक्राउ

अनधिकृत रुपमा विद्युत् प्रयोग गर्ने नौजना पक्राउ

सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युत्को खम्बाबाट तार टाँगेर चोरी गर्ने नौजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता, रामनारायण शर्मा, सुशीलकुमार यादव, रवि साह, वडा नं ३ बस्ने नन्द मण्डल, लीलाकान्त खड्का र सुरुङ्गा नगरपालिका–३ बस्ने दीपेन्द्र चौधरी, रामसुन्दर साह तथा रुपनी गाउँपालिका–१ बस्ने प्रिन्सकुमार इसर रहेका छन् । 

उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए । 

विद्यार्थीको अनशन स्थगित 

लालीगुराँस बाल क्लबका विद्यार्थीले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै राजविराजमा शुरु गरेको अनशन सहमतिपछि स्थगन गरेको छ । 

राजविराज नगरपालिकाका नवनिर्वाचित प्रमुख शम्भुकुमार यादवले विद्यार्थीका जायज माग दुई–तीन दिनभित्र सम्बोधन गर्ने आश्वासन दिएपछि बुधबार साँझदेखि अनशनलगायतका दबाबमूलक कार्यक्रम स्थगन गरिएको बालबालिका सञ्जाल सप्तरीका संयोजक सौरभ यादवले जनाकारी दिए । 

राजविराजस्थित गजेन्द्र चोकमा लालीगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै बुधबार अनशन शुरु गरेका थिए । 

बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्टे«शन फाराम, परीक्षा फाराम र प्राक्टिकल फाराम निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका माग अघि सारेका थिए । 

Nepal Electricity authority

विशेष