News

अवैध कपडा सार्वजनिक

अवैध कपडा सार्वजनिक

इनरुवा । प्रहरीले भारतीय बजारबाट अवैधरुपमा ल्याइरहेको ठूलो परिमाणको कपडा बरामद गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रु ३३ लाख मूल्य बरावरको कपडा सार्वजनिक गरेको हो । 

सुनसरीको देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जबाट को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको ५२ पोका कपडा बुधबार नियन्त्रणमा लिएको थियो । 

बरामद गरेका कपडामा कुर्ता सुरुवाल एक हजार दुई सय तेत्तीस थान, पूजाको कपडा चार हजार ७२० मिटर, सर्टको कपडा ४८८ मिटर, सुति गमछा ९८ थानलगायतका कपडा रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । 

 

sunsari illegal clothes

विशेष