विदेश

हनिप्रित र प्रहरीबिच सवाल जवाफ

प्रहरीलाई गुमराहमा राख्ने खेल जारी

हनिप्रित र प्रहरीबिच सवाल जवाफ

एजेन्सी । ढोंगी बाबा रामरहिमकी राजदार हनिप्रितले प्रहरीसँगको पुछताछमा प्रहरीलाई कुनैपनि सहयोग नगरेको हरियाणा प्रहरीले बताएको छ । हिजो भएको बयानको क्रममा हनिप्रितले धेरै सवालको जवाफमा होइन अथवा थाह छैन भन्दै मुण्टोमात्र हल्लाएको दैनिक भास्कर पत्रिकाले लेखेको छ ।

पञ्जावमा आफ्ना सहयोगी शुखदिपसहित पक्राउ परेकी हनिप्रितले पञ्चकुलामा भएको दंगाको नाइकेलाई करिव सवा करोड रुपैंयामा काम लगाएको समेत खुल्न आएकोे छ । यतिसम्म कि रामरहिम र उसको ‘सच्चा सौदा डेरा’ नामक धार्मीक अनुष्ठानको सम्पुर्ण हिसाव कितावसमेत हनिप्रितले नै हेर्ने गरेको तथ्य फेला परेकोले पनि अब हनिप्रित जेलबाट उम्कने कुनै छाँट देखिदैन । तर प्रहरीले मागेको जवाफमा हनिप्रितले अनकनाएर उत्तर दिएकी थिईन । हनिप्रित र प्रहरी बिचको संवाद यस्तो थिय ः

सवालः फरार हुनेबेलामा को कोसँग भेट भयो र पैसाको सर्कल कसरी मिल्यो ?
जवाफः टाउको हल्लाउदैँ, मलाई केही याद छैन र कसैसँग भेटपनि भएन् ।
सवालः सच्चा सौदाको सबै काम तिमीले नै सम्हालेको थियौ, १७ अगस्तको मिटिंग किन आयोजना भयो ? दंगामा काम गर्नेलाई तलव दिन ?
जवाफः (मुण्टो हल्लाउंदै), के सबै मिटिगं दंगाको लागीमात्र हुन्छ ?
सवालः पञ्जावमा कोसँग बस्यौ ?
जवाफः शुखदिपसँग बसें
सवालः दंगा किन गराएको ?
जवाफः (टाउको हल्लाउदैं) केहीपनि नबोली ‘नाईं’
सवाल : दंगा गर्ने योजना कसरी बन्यो ?
जवाफः (तल फर्कीएर), मेरो योजना नै होईन । 

विशेष