News

अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु तीस घाइते

अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु तीस घाइते


अर्घाखाँची । अर्घाखाँचीको डाँडाकटेरीदेखि बुटवल आउँदै गरेको बस मालारानी गाउँपालिका वडा नं. ३ सापडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । लु १ ख ७५१८ नम्बरको बस दुर्घटनामा परी तीस यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । बसमा ५० जना भन्दा धेरै यात्रु सवार थिए ।

घाइतेको उद्धारमा सेना, प्रहरी र स्थानीय जुटेका छन् । क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गाडी सडकबाट करीब सवा सय मिटर तल खसेपछि रुखमा अडिएको थियो ।

विशेष