News

फ्रेस हाउस सञ्चालन गरेर मासिक डेढ लाख आम्दानी

फ्रेस हाउस सञ्चालन गरेर मासिक डेढ लाख आम्दानी

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमै फ्रेस हाउस सञ्चालन गरेर एक व्यक्तिले मासिक रू एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् ।

फाल्गुनन्द गाउँपालिका–६ का देवराज कुरुम्बाङले दुई वर्षअघि पूर्वाञ्चल फ्रेस हाउस सञ्चालन गरी उक्त रकम कमाउन सफल भएको बताए ।

उनले भने, “वैदेशिक रोजगारीमा जाँदा पनि भनेजस्तो काम नपाउँदा दुःखमात्रै पाइने भएको हुँदा स्वदेशमै व्यवसाय गरेको हुँ ।”

बजारमा व्यवस्थित मासु पसल सञ्चालन हुन नसकेको र माग बमोजिमको मासु फ्रेस हाउसले सेवाग्राहीलाई मासु उपलब्ध गराउन नसकेको हुँदा र अन्य व्यवसायभन्दा यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले फ्रेस हाउस सञ्चालन गरेको र यसलाई ताप्लेजुङको फुङ्लिङ बजारमा पनि बिस्तार गर्ने लक्ष्य रहेको कुरुम्बाङ बताउछन् ।

उनले गरेको व्यवस्थित फ्रेस हाउस देखेर पशुपक्षी मन्त्रालयले रु १० लाख अनुदानसमेत दिइसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

fresh house

विशेष