विदेश

उत्तर कोरियाली शासक किम जोङका दाजु नामको हत्यामा संलग्न महिला निर्दोष !

उत्तर कोरियाली शासक किम जोङका दाजु नामको हत्यामा संलग्न महिला निर्दोष !

काठमाडौं। उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ दुई जना महिलाले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।

मलेसियाको एक अदालतमा भइरहेको सुनुवाईका क्रममा भियतनामी २९ वर्षिया महिला डोन थी हुवङ र २५ वर्षिया इण्डोनेसियाली महिला सिठी आइस्यालेले यस्तो दाबी गरेका हुन् ।

यी दुईले किमको अनुहारमा विष दलेर हत्या गरेको आरोप लगाइएको छ । गत फेब्रुअरीमा क्वालालम्पुर विमानस्थलबाट मकाउ जान लागेका किमलाई भिएस नर्भ एजेन्ट नामक रसायन अनुहारमा छर्किएर हत्या गरिएको थियो ।

आक्रमणपछि अस्पताल लैजाँदै गर्दा किमको मृत्यु भएको थियो । उनीहरु दुवैले यो सबै उत्तर कोरियाली एजेन्टको काम भएको र आफुहरुले त्यो कुनै टेलिभिजन प्रयाङक भएको विश्वास गरेको बताएका छन् ।

प्योङयाङले भने किमको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । किम जोङ नाम उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलका जेठो छोरा हुन् ।

किम जोङ नाम धेरै समय मकाउ, सिंगापुर र चीनमा बस्दै आएका थिए । वर्षौंदेखि उनलाई उत्तर कोरियाले हत्या गर्न खोजे पनि चीनले संरक्षण गर्दै आएको विश्वास गरिन्छ ।

विशेष