विदेश

पाकिस्तानमा आत्मघाती आक्रमण, १३ जनाको मृत्यु

पाकिस्तानमा आत्मघाती आक्रमण, १३ जनाको मृत्यु

क्वेटा ।  पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुस्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।

बोलिचिस्तानको गान्दवा क्षेत्रको झाल माग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्र हो।

मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि एक मस्जिदबाहिरै विस्फोट गराउँदा प्रार्थनाका लागि हिँडिरहेका र प्रार्थना गरी फर्कंदै गरेका १३ जना गाउँलेको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी असाद ककारले बताए ।

विशेष