हवाई कारबाही १२० आइएस लडाकू र साठी सैनिक मारिए
मस्को । सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन् ।
रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ । मायाडिन क्षेत्रमा इस्लामिक स्टेट्समा एक कमाण्डरसहित ८० जना लडाकूहरु मारिएका छन् ।
त्यसैगरी थप ४० जना आइएस लडाकू अबु अमाल क्षेत्र वरिपरी मारिएको सरकारी अधिकारहिरुले जनाएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ ।
यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैले आफ्नै देशमा र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
air attack