News

दश किलोको घिरौँला फलेपछि

दश किलोको घिरौँला फलेपछि

पर्वत । फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ ।

साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।”

घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि वचाइराखेको बताए । अस्वाभाविक ठूलो घिरौँला फलेपछि उहाँको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् ।

कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।”

घिराैला

विशेष