विदेश मनोरञ्जन

रामरहिमको वकिलको प्रश्न, ‘अविवाहित रामरहिमको बलत्कार गर्ने अंग छ कि छैन ?’

रामरहिमको वकिलको प्रश्न, ‘अविवाहित रामरहिमको बलत्कार गर्ने अंग छ कि छैन ?’

एजेन्सी । बलात्कारी बाबा रामरहिमका वकिलले यतिबेला अदालतसँग रामरहिमको मेडिकल रिपोर्ट गर्नुपर्ने माग गरेका छन् । वकिलले मेडिकल रिपोर्ट नै नगरी जेल सजाय तोकिएकोमा मेडिकल गर्नुपर्ने माग राखेका हुन् । वकिलले गरेको मागमा भनिएको छ, ‘के थाहा अविवाहित रामरहिमको बलात्कार गर्ने अंग नै छ की छैन् ।’

उता रामरहिमकी कथित छोरी हनीप्रीतलाई हरियाणा प्रहरीले थानामा राखेको तीन दिन भइसकेको छ । हरेकपटक प्रहरी अधिकारीलाई भेट्दै उनले आफूलाई डेरा प्रमुख रामरहिमको नजिक जान देऊ भन्दै याचना गरिरहेकी छिन् ।

उनले भनिन्, ‘पापाजीलाई कम्मरमा धेरै पिडा हुन्छ, यसबेला पनि कम्मर दुखिरहेको होला । मैले उनलाई राखेको ठाँउमा जान पाउनुपर्छ ।’ तर प्रहरीहरुले भने उनलाई रामरहिमसंग भेट्न दिएका छैनन् ।

बाबा रामरहिमलाई हरियाणा कोर्टले २० वर्षको कठोर कारागारको सजाय सुनाएको छ । पिडीत महिलाहरुले फेरी यो अपिल गरेका छन् की, बलात्कारी बाबालाई आजन्म जेल सजायको कारबाही होस् ।

ramrahim

विशेष