News

११ न्यायाधीशविरुद्ध अर्को ‘खेल’

११ न्यायाधीशविरुद्ध अर्को ‘खेल’

काठमाडौं । डेढ वर्षअघि सर्वोच्च अदालतमा नियुक्ति भएका ११ न्यायाधीश हटाउने खेल फेरि सुरु भएको छ ।

तीन साताअघि नाटकीय रुपमा दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च प्रशासनले खारेज ९दरपीठ० गरेकामा त्यसविरुद्ध फेरि अर्को निवेदन परेको हो । दशैं बिदा सकिएर आदालत खुलेको पहिलो दिन अधिवक्ताद्वय गणेशप्रसाद पाण्डे र श्रवणकुमार श्रेष्ठले दरपीठविरुद्ध दिएको निवेदन सुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठको पालामा भएको ११ न्यायाधीशको नियुक्ति गैरवैधानीक भएको दाबी रिट निवेदमा गरिएको छ, जबकि एक वर्षअघि नै सर्वोच्चले यो विवादलाई पूर्ण रुपमा टुंग्याइसकेको थियो ।

कान्तिपुर

विशेष