विदेश

लण्डनमा फेरि अर्को कार आक्रमण, पैदल यात्रु घाइते

लण्डनमा फेरि अर्को कार आक्रमण, पैदल यात्रु घाइते


लन्डन । लन्डनको प्राकृतिक इतिहासको संग्रहालय नजिकको फुटपाथमा एउटा कार चढेपछि पैदल यात्रु घाइते भएका छन् ।

दक्षिणी केनसिङ्टनको एक्जिविसन रोडमा शनिबार उक्त घटना भइको थियो । घटनामा एक व्यक्तिलाई पक्राउ गरिएको स्कटल्यान्ड यार्डले जानकारी दिएको छ।

प्रहरीले पैदल यात्रुको उद्दारका लागि तत्कालै एम्बुलेन्सलाई खबर गरिएको बताएको छ । यो घटना आतंकवादी गतिविधिअन्तर्गत हुन सक्ने आशंका प्रहरीले गरेको छ । डाउनिङ स्ट्रीटका प्रवक्ताले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेलाई घटनाको सबै जानकारी गराइसकेको बताएका छन् ।

यसअघि पनि पैदल यात्रुलाई निशाना बनाएर यस्तो घटना भइसकेको छ। गत जुनमा लन्डन ब्रिजमा भएको घटनामा ८ व्यक्तिको निधन भएको थियो। गत मार्चमा एक आतंकवादीले आफ्नो गाडी लन्डनको संसद भवनको पर्खालमा लगेर हानेको थियो। जुन घटनामा ४ जनाले ज्यान गुमाउनु परेको थियो ।

विशेष