News

सेनाले गरायो सञ्चार माध्यमलाई सचेत, यस्तो छ कारण

सेनाले गरायो सञ्चार माध्यमलाई सचेत, यस्तो छ कारण


काठमाडौं । नेपाली सेनाले नेपालको वर्तमान राजनैतिक घटनाक्रमको बारेमा नेपाली सेनाको अनौपचारिक धारणा भनी केही अनलाइले सम्प्रेषण गरेका समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाको जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । ‘नेपाली सेना नेपालको संविधान प्रति सदा प्रतिबद्ध, देश र जनता प्रति समर्पित, इमान्दार, बफादार तथा गैह्र राजनैतिक व्यवसायिक सैनिक सङ्गठनको रुपमा ईतिहास कालदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको हुनाले हालै केही अनलाईन सञ्चार माध्यमहरुले वर्तमान राजनैतिक विषयवस्तुसँग जोडी नेपाली सेनाको विशुद्ध व्यवसायिक तथा ऐतिहासिक छबिमा नै आँच पुग्ने गरी सम्प्रेषण गरेका समाचारहरु निराधार तथा तथ्यहिन रहेका छन्’ ।

नेपाली सेना नेपालको संविधान, नेपाली जनता तथा आफ्नो गौरवमय ऐतिहासिक परम्परा प्रति प्रतिबद्ध रहेकोे पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।

 

विशेष