विदेश

२ महिनादेखि हराइरहेकी पत्रकारको टाउको भेटियो

२ महिनादेखि हराइरहेकी पत्रकारको टाउको भेटियो

काठमाडौं । स्विडेनकी हराइरहेकी पत्रकार किम वालको काटिएको टाउको पुलिसले भेटेको छ ।

उनी दुई महिनादेखि हराइरहेकी उनको शव केपनहेगनको दक्षिणी तट कोगमा गोताखोरको एक ब्यागमा भेटेका थिए । जसमा किमको टाउको र खुट्टाका केही भाग राखिएको थियो ।

११ दिन पहिले यसै ठाउँ नजिकै किमको शरिर भेटिएको थियो । किम १० अगस्टमा पिटर म्याडसनसँग पनडुब्बीमा घुम्न निस्किएकी थिइन् ।
४६ वर्षीय म्याडसनले किमको हत्याको आरोप अस्विकार गरेका छन् ।

पुलिस अधिकारी मोलर जेन्सनले भने, ‘शुक्रबार हामीले एउटा ब्याग भेट्यौं जसमा किमको कपडा र जुत्ता भेटिएका थिए । त्यही ब्यागमा एउटा चक्कु पनि भेटियो ।
३० वर्षीया किमलाई अन्तिम पटक १० अगस्टमा देखिएको थियो ।

विशेष