मोस्ट वान्टेड व्यक्ति नै प्रहरी पोशाकमा हिडेपछि...
बेइजिङ । चीन प्रशासनले अत्यधिक खोजी सूचीमा राखेको व्यक्ति गुआओ जिन स्वदेश फर्की प्रहरीको भेष धारण गरी विभिन्न स्थान डुल्ने गरेकोे चिनियाँ भ्रष्टाचार नियन्त्रण अधिकारीले आइतबार बताएका छन् ।
चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको युनान विश्वविद्यालयका पूर्व सह–प्राध्यापक गुआओले घुस लिई संयुक्त राज्य अमेरिकामा सन् २०१० देखि बस्दै आएकामा हालै स्वदेश आई प्रहरीको भेषमा हिड्ने गरेको पाइएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय अनुशासन क्रियान्वयन आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
उनी र अन्य १०० पूर्व सरकारी अधिकारीलाई भ्रष्टचार आरोपमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले सन् २०१५मा अत्यधिक खोजीको सूचीमा समावेश गरेको थियो । खोजीको सूचीमा रहेकामध्ये धेरैजसो पूर्व सरकारी अधिकारी तथा सरकारद्वारा लगानी गरेका संस्थानका कर्मचारी रहेका छन् ।
गुआओ सूचीको २७ नम्वरमा रहेका आरोपित हुन भने उनी स्वदेश फर्केका ४७ औँ व्यक्ति हुन् ।