News

बर्खास्तगीमा परेका साझाका अध्यक्ष शर्मा सर्वाेच्चमा

बर्खास्तगीमा परेका साझाका अध्यक्ष शर्मा सर्वाेच्चमा

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्दप्रसाद्र शर्मा सर्वोच्च अदालत पुगेका छन् । शर्माले आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । शर्माको रिटमा सुनुवाइको मौका नदिई सार्वजनिक सञ्चारमाध्यममा प्रकाशन भएका समाचारको आधारमा बर्खास्त गरेको दाबी गरिएको छ ।

सरकारले हटाएको प्रक्रिया नमिलेको दाबी उनको रिटमा गरिएको छ। रिटको पहिलो सुनुवाइ आजै न्यायाधीश दीपकराज जोशीको इजलाशमा हुँदैछ ।

भ्रष्टाचार र अनियमितता आरोप लागेपछि महाप्रबन्धक शर्मालाई असोज ८ गते बर्खास्त गर्ने निर्णय भएको थियो। मन्त्रीस्तरीय बैठकमार्फत शिक्षा मन्त्रालयले शर्मालाई बर्खास्त गरेको हो ।

 

विशेष