विदेश

रोहिंग्या चढेको डुंगा डुब्दा १२ जनाको मृत्यु कयौं घाइते

रोहिंग्या चढेको डुंगा डुब्दा १२ जनाको मृत्यु कयौं घाइते

काठमाडौं । म्यानमारको हिंसाबाट बच्न बांग्लादेश जाँदै गरेका रोहिंज्या मुसलमानहरु चढेको डुंगा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको बंगलादेशका अधिकारीहरुले जनाएका छन् ।

आइतबार रातिबांग्लादेशको नाफ नदीमा उक्त घटना हुँदा अन्य धेरै हराइरहेका छन् ।

अहिलेसम्म १० बालबालिका, एक महिला र एक पुरुषको शव निकालिएको छ । आइतबार डुंगामा सवार मानिसको यकिन संख्या अझै स्पष्ट भएको छैन तर बांग्लादेशका सीमा सुरक्षा अधिकारीहरुले ४० देखि सय जनासम्म रहेको अनुमान गरेका छन् ।

विशेष