निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको दिनदहाडै गोली प्रहार गरी हत्या
काठमाडौं । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहारबाट मृत्यु भएको छ । काठमाडौंको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै सोमबार दिउँसो उनीमाथि दुई राउण्ड गोली हानिएको थियो । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडीभित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई होली हानेका थिए । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।