News

मनाङमा जिप दुर्घट्नामा एक विदेशी पर्यटकको मृत्यु, ११ घाईते

मनाङमा जिप दुर्घट्नामा एक विदेशी पर्यटकको मृत्यु, ११ घाईते

मनाङ । मनाङको तालबजार नजिकै जीप दुर्घट्ना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायी नागरिक एवियाजर विरिड रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिका अन्तर्गत ताल भन्ने स्थानमा दुर्घट्ना भएको थियो ।

ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरिक्षक मनहरी थापा क्षेत्रीका अनुसार घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट लमजुङ ल्याउने तयारी गरिएको छ ।

जिपमा चालक सहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ । तालबजार जाने बाटोको घुम्तीमा ट्रनिङ नपुग्दा जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

विशेष