विदेश

ट्रम्पलाई माझी औँला देखाउने महिलालाई अमेरिकाभर आर्थिक सहयोग

ट्रम्पलाई माझी औँला देखाउने महिलालाई अमेरिकाभर आर्थिक सहयोग

एजेन्सी । गल्फ खेलेर आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो माझी औँला देखाएर चर्चामा आएकी ५० वर्षीया अमेरिकी महिला जुली ब्रिस्कम्यानलाई रोजगारदाताले आफ्नो सामाजिक सञ्जालविरोधी कार्य गरेको भनेर जागिरबाट निकाली दियो ।

दुई सन्तानकी आमा ब्रिस्कम्यानले जागिरबाट निकालिदासमेत आफ्नो कार्यप्रति खेद व्यक्त गरिनन्, बरु ट्रम्पलाई गाली गर्न पाएकोमा खुशी व्यक्त गरिन् । पश्चिमा देशहरुमा माझी औँला देखाउनु यौन उत्तेजक अभद्र गाली गर्नु सरह मानिन्छ ।

तर तिनै महिलाका लागि अमेरिकाभर छरिएर रहेका व्यक्तिले आर्थिक सहयोग गर्न थालेका छन् । उनीहरुले अमेरिकामा आफ्नो विचार राख्न पाउने संवैधानिक हक भएको र ब्रिस्कम्यानले बहुमत अमेरिकी जनताको चाहना पूरा गरीदिएको स्वर सामाजिक सञ्जालभरी फैलाइरहेका छन् ।

उनको बैंक एकाउण्टमा पछिल्लो २३ घण्टामा झण्डै १० हजार अमेरिकी डलर जम्मा भइसकेको छ । उनीहरुले यो रकमलाई बढाएर एक मिलियन डलर पु¥याउन सबैलाई आव्हान गरेका छन् ।

 

विशेष