News ताजा खबर

मन्त्री जनार्दन शर्मा लक्षित गरी चौरजहारीमा २ वटा बम प्रहार

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका

मन्त्री जनार्दन शर्मा लक्षित गरी चौरजहारीमा २ वटा बम प्रहार

रुकुम। बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो ।

शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो । पड्केको पनि धुलोमा परेका कारण धेरै असर गरेन । ‘बम फालिएको सडक धुलाम्य थियो, फालिएको एउटा पड्केन, पड्केको पनि धुलोमा परेका कारण खासै असर गरेन’ प्रचार टोलीका एक सदस्यले  भने । 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिन अघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो व्यानर राखेका थिए ।

विशेष