साउदी अरबमा नेपालको दश वर्षको बजेट भन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक अनुमान
एजेन्सी । साउदी अरबमा कम से कम १ सय अर्ब डलर भ्रष्टाचार भएको त्यहाका जाँजबुझ आयोगले जनाएको छ ।
भ्रष्टाचार सम्बन्धि अनुसन्धान गरिरहेको आयोगका अटर्नी जनरल शेख सउद अल मोजेबले तीन वर्षदेखि भइरहेको अनुसन्धान पछि भ्रष्चाचारको अभियोगमा अहिले २०१ व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनको भनाइ अनुसार यी व्यक्तिहरुविरुद्ध भ्रष्टाचार गरेको बलिया प्रमाणहरु संकलन भइसकेका छन् । उनले भनेका छन् कि यो मामिलाका कारण मुलुको अर्थव्यवस्थामा कुनै फरक भने पर्ने छैन । शेख सउद अल मोजेबलका अनुसार ३२ वर्षका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरोधी कमिटीले अनुसन्धान तीव्र पारेको छ ।
भ्रष्टाचारको आरोपमा साउदी अरबका ११ राजकुमार र धेरै मन्त्रीहरु अहिले हिरासतमा छन् ।