विदेश

कपाल कालो बनाउन लगाउने स्कुल बिरुद्ध सरकारमा उजुरी

कपाल  कालो बनाउन लगाउने स्कुल बिरुद्ध सरकारमा उजुरी


एजेन्सी । विद्यालयले आफ्नो खैरो कपाल कालो बनाउन लगाएको भन्दै जापानमा एक किशोरीले विद्यालयविरुद्ध स्थानीय सरकारमा उजुरी दिएकी छन् ।

ओसाकास्थित विद्यालयले निरन्तर आफ्नो कपाललाई कालो बनाउन दबाब दिएको भन्दै १८ बर्षीया ती किशोरीले स्थानीय सरकारमा उजुरी दिएकी हुन् । आफ्नो खैरो कपाल कालो नबनाए विद्यालय छोड्न विद्यालयले दबाब दिएको उजुरीमा उल्लेख छ । लगातार रङ्ग्याउदा कपाल बिग्रनुका साथै तालुमा समेत असर परेको किशोरीले बताएकी छन् । सोही कारण ती किशोरी गत बर्षको सेप्टेम्बर यता विद्यालयमा हाजिर भएकी छैनन् ।

उनले १९ हजार ३ सय अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी छन् । स्थानीय सरकाले भने सो दाबी अस्विकार गर्न अदालतलाई आग्रह गरेको छ । उजुरी परेको विषयमा काइफुकान उच्च माध्यामिक विद्यालयका प्राध्यापकले भने कुनै प्रतिक्रिया दिएका छ्रैनन् । जापानका अधिकांश विद्यालयमा बाहिरी आवरण, कपाल र पोशाकलाई लिएर कडा नियम लगाइने गरेको छ ।

 

विशेष