News

वर्षमान पुनको गाडीलाई लक्षित गरी बम विस्फोट

वर्षमान पुनको गाडीलाई लक्षित गरी बम विस्फोट

रोल्पा । रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी आज मध्यान्ह माइन बम विस्फोट गराइएको छ । 

जिल्लाको सुकिदह गाउँपालिकामा चुनाबी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा पुन चढेको गाडी माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । 

भौतिक र मानवीय क्षति भने नभएको बताइएको छ । बम कस्ले राखेको हो भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । रोल्पाको जिनावाडबाट घर्तीगाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुन माथि लक्षित गरी बम विस्फोट भएको हो । 

Barsaman Pun

विशेष