News

काठमाडौं व्यस्त बजार कमलादीमा गोली चल्यो ३ भारतीय पक्राउ

काठमाडौं व्यस्त बजार कमलादीमा गोली चल्यो ३ भारतीय पक्राउ


काठमाडौँ । काठमाडौँको कमलादीमा गोली चलेको छ ।

प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो ।

के कारणले गोली चलेको हो भन्ने अझै खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए । घटनास्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेको बताइएको छ । पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् ।

कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेको धानुकले बताए । उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ ।

कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको प्रहरीले जानकारी दिएको छ । उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले  बतायो। प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।

विशेष