News

वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार

वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार

लिबाङ : नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गरि बम विष्फोट गराइएको २४ घण्टा नपुग्दै उनीमाथि गोली प्रहार भएको छ ।

दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

Barshman Pun

विशेष