News

यी हुन् सगरमाथा आरोहण गर्न लागेका शाहसिक महिला, राष्ट्रपतिसँग लिए आर्शीवाद

यी हुन् सगरमाथा आरोहण गर्न लागेका शाहसिक महिला, राष्ट्रपतिसँग लिए आर्शीवाद

काठमाडौं । समानताका लागि बुलन्द आवाज भन्ने नाराका साथ सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा शुभकामना दिएकी छिन् ।

सो अवसरमा उनले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको वोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको ईतिहासमा नयाँ आयाम थपिने भन्दै यस उत्साहजनक सोच सराहनीय भएको बताइन् । सम्पूर्ण नेपाली र नेपालको नाम फैलिने कार्य भएको हुँदा हरतरहको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले आरोहण कार्यको सफलताको शुभकामना पनि दिइन् ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति ) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छन् ।

साथै आरोहण सम्बन्धि तालीम लिन आगामी कात्र्तिक २९ गते बुधबारका दिन पत्रकार महिलाको टोली दोलखास्थित यालुङरी र रामदुङ ६००० मिटरका गरी दुई हिलाम आरोहण गर्न दोलखा रोलवालिङ प्रस्थान गर्नेछन् । राष्ट्रपति भण्डारीसँगको भेटको अवसरमा आरोही समूहलाई नेपाली दाजुभाई, दिदीबहिनी, विभिन्न संघसंस्थाका आर्थिक, भौतिक, नैतिक सहयोग तथा आर्शीवादको आवश्यकता रहेको आरोहण टोलीका सयोजक कल्पना महर्जनले बताइन् ।

mt.everest Sagarmatha

विशेष