News

बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ

बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ

गुलरिया । बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा (हिमाल) ले संयुक्तरुपमा उद्घोष गरेका छन् । 

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यो कुरा उद्घोषण गरेका हुन् । वाम गठबन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई तीन महिनाभित्रमा राहत वितरण, पाँच वर्षभित्रमा बबई नदी नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितलाई दुई वर्षभित्रमा व्यवस्था गर्ने बचनबद्धता गरेका छन् । 

नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका बामदेव गौतमले बाम गठबन्धनको सरकार बनेमा १० वर्षभित्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका थिए भने तिलक शर्माले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न बर्दिया जिल्लाका सबै क्षेत्रमा नहर बनाइ सिँचाइयुक्त बर्दिया बनाउने बताए । 

‘गाउँदेखि केन्द्रसम्म वामपन्थीको सरकार, स्वच्छ, शान्त र समृद्ध नेपाल हाम्रो सरोकार’ भन्ने नारासहित भएको सभामा सहभागीले वाम गठबन्धनलाई सहयोग गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

bamdev gautam

विशेष