विप्लव समूहका १२ जना कार्यकर्ता पक्राउ

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
biplop maobadi karyakarta