News

दलका कार्यकर्तालाई चेक बाँड्दै गृह

दलका कार्यकर्तालाई चेक बाँड्दै गृह

काठमाडौं । पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तरुढ दलका कार्यकर्तालाई लाखौं रुपैयाँको चेक वितरण गरिएको हो ।

गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलार्य बेवास्ता गरिरहेको छ ।

गृह मन्त्रालयले एभरेस्ट बैंकको चेक काट्दै दलका कार्यकतालाई ५० हजारदेखि ५ लाख रुपैयाँसम्म दिइरहेको छ । आजको अन्नपूर्णमा खबर छ ।

विशेष