विदेश

राजपरिवारका सदस्यलाई थुन्न पाँचतारे होटललाई नै बनाइयो जेल

राजपरिवारका सदस्यलाई थुन्न पाँचतारे होटललाई नै बनाइयो जेल

साउदी। भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ ।

साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११ राजकुमारलाई पाँचतारे होटल रित्ज कार्लटनमा राखिएको छ ।

सो होटललाई नै अहिले राजपरिवारका सदस्य थुन्ने जेल बनाइएको हो । यो होटलमा साउदी सरकारले आफ्नो मुलुकको भ्रमणमा आउने विदेशी विशिष्ट अतिथिहरु राख्ने गर्दथ्यो ।  किंग अब्दुल्लाजीज कन्भेन्सन सेन्टर नजिकै रहेको यो होटलमा ६ रेस्टुरेन्ट, इन्डोर स्वीमिङ पुलसहित विभिन्न सुविधा छन् ।

 युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचारविरुद्धको नयाँ कमिटीले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीलाई गिरफतार गरेको हो । पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि छन् ।

विशेष