विदेश

शक्तिशाली भूकम्प ६१ जनाको मृत्यु

शक्तिशाली भूकम्प ६१ जनाको मृत्यु

बगदाद । इरान र इराकको सीमावर्ती क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा ६१ जनाको मृत्यु भएको छ । ३ सय बढी व्यक्ति घाइते भएका बीबीसीले लेखेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पबाट कयौं हताहत भएका छन् । भूकम्पका कारण बिजुली आपूर्ति बन्द भएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण-पश्चिम ३२ किलोमिटर टाढा पर्दछ । भूकम्पको धक्का धेरै प्रान्तहरुमा महसुस गरिएको थियो ।

कुर्दिश टेलिभिजनका अनुसार इराकी कुर्दिस्तानका बासिन्दा भूकम्पका कारण धेरै व्यक्तिहरु घरबारविहीन भएका छन् । यद्यपि सो क्षेत्रमा जनधनको क्षतिबारे विवरण आइसकेको छैन ।

विशेष