विदेश

इरानमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४४५ पुग्यो,राष्ट्रपति रौहानीद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण

इरानमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४४५ पुग्यो,राष्ट्रपति रौहानीद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण

तेहरान । आइतबार गएकोे शक्तिशाली भूकम्पका कारण मङ्गलबार अबेरसम्म इरानमा मात्रै ४४५ जनाको मृत्युभएको इरानी अधिकारीले बताएका छन् । 

इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ । 

यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गरेको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । 

राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुर्याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गरेको इरानी टेलिभिजनले जनाएका छन् । 

उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुर्याएका छन् । 

यसैबीच भूकम्पबाट इरानलाई परेको दुःखप्रति विश्वभरबाट सहानुभूति तथा सहयोगका लागि व्यक्त गरिएका सन्देशहरू आएका बताइएको छ । विदेशमन्त्री मोहमद जावेद जरीफले इरानको पीडामा दुःख व्यक्त गर्ने सम्पूर्ण विश्वसमुदायको प्रशंसा गरेका छन् । 

Iran Earthquake

विशेष