News

निर्बाचनमा खटिने कर्मचारीको छनोट गोलाप्रथाबाट

निर्बाचनमा खटिने कर्मचारीको छनोट गोलाप्रथाबाट

दोलखा । आसन्न निर्वाचन गराउन दोलखाका विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारी गोलाप्रथाबाट छनोट गरिएको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले गोलाप्रथा गरी कर्मचारी छनोट गरेको हो ।

यसअघिको निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूखुशी कर्मचारी परिचालन गर्दै आएकोमा आयोगको लिखित निर्देशनपछि गोलाप्रथा गरी छनोट गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।

दोलखामा १ हजार ५ सय १३ जना कर्मचारी निर्वाचनमा खटिने भएका छन् । त्यसमध्ये मतदान केन्द्र, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथामार्फत छनोट गरिएको सहायक मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । दोलखामा ९४ मतदानस्थल र १ सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।

विशेष