‘पद्मावती’ को रिलिजलाई कसैले रोक्न सक्दैन दीपिका पादुकोण

‘पद्मावती’ को रिलिजलाई कसैले रोक्न सक्दैन दीपिका पादुकोण

एजेन्सी । बलिउड फिल्म ‘पद्मावती’ बारे चलिरहेको विवादबारे अभिनेत्री दीपिका पादुकोणले फिल्मलाई रिलिज हुनबाट कसैले पनि रोक्न नसक्ने बताएकी छिन् । उनले भनिन्, ‘हामी केवल सेन्सर बोर्डलाई मात्र जवाफ दिन्छौं । यसको विरोधले धेरैलाई तर्साएको छ । तर, फिल्मले यो ठूलो लडाइ जितेरै छोड्छ ।’

भारतका राजपूत कम्युनिटी र करणी सेनाले फिल्मले इतिहासलाई तलमाथि गरेको आरोप लगाएका छन् । राजपूत कम्युनिटी, विध्व हिन्दु परिषद, बजरंग दल र करणी सेनाले फिल्म रिलिज हुनु अगावै अफूहरुले उक्त फिल्म हेर्न पाउनुपर्ने माग राखेका छन् ।

फिल्ममा काम गर्दाको अनुभव सुनाउँदै दीपिकाले भनिन्, ‘मैले सञ्जय लला भन्सालीको फिल्ममा हिरोइन हुन्छु भनेर कहिल्यै सोचेको थिइन । यो सबै हिरोइनको लागि भाग्यको कुरा हो । म फिल्मको रिलिजको पखाईमा छु । एक महिलाको रुपमा मलाई यस फिल्ममा हुन पाउनु र कहानी भन्न पाउनुमा गर्व छ ।’

पछिल्लो समय फिल्मबारे भएको विरोधबारे बोल्दै उनले भनिन्, ‘फिल्मको विरोध धेरै डराउने किसिमको छ । यो साँच्चै डलराग्दो छ । तर, यसले हामीलाई के दियो ?यसले त हामी अघि बढ्नुको साटो झनै पछि धकेलिएका छौं ।’ फिल्मलाई इन्डस्ट्रिबाट मिलिरहेको साथ र सायोगबारे दीपिकाले भनिन्, ‘यो लडाइ पद्मावतीको मात्र नभएर हाम्रो पुरै फिल्म इन्डस्ट्रिको लडाइ हो ।’

फिल्ममा इतिहासलाई बंगाइएको भन्दै भारतका राजपूतदेखि विभिन्न ठाउँबाट विरोध भइरहेको छ । जयपुर राजघरानकी राजकुमारीले फिल्मको विरोधमा केही दिनअघि सिग्नेचर क्याम्पियन नै सुरु गरेकी थिइन् । तर, दिपिका भने फिल्म रिलिज हुन कसैले रोक्न नसक्ने दाबी गर्दै आएकी छिन् । फिल्म यही आउँदो डिसेम्बर १ मा रिलिज हुँदै छ ।

 

संम्बधित खबर

विशेष