विदेश

‘डेथ रेल–वे’ जसले निर्माणकै क्रममा एक लाख बीस हजार मानिसको ज्यान लियो

‘डेथ रेल–वे’ जसले निर्माणकै क्रममा एक लाख बीस हजार मानिसको ज्यान लियो

एजेन्सी । थाईल्याण्ड र म्यानमारको राजधानी रंगुन जोड्ने रेलको लिक संसारमै पहिलो नम्बरको खतरनाक र नरभक्षी रेल– वे अन्र्तगत पर्छ । यो रेल दोस्रो विश्वयुद्धको समयमा जापानले आफ्ना सेनाहरुलाई खाद्यान्नको आपूर्ती गर्न भनेर बनाएको थियो । राम्रोसँग बनाएको भए यो लिक बन्नलाई १० वर्ष समय लाग्ने भनेर त्यतीबेलाका निर्माण प्राविधीकहले जनाएका थिए । तर जापानले जम्मा एक वर्षमा यसको निर्माण गरेको थियो ।

जापानले आफ्ना सैनिकहरुले युद्धमा बन्दी बनाएर ल्याएका अमेरीकी, अष्ट्रेलियाली तथा डच सेनाहरुलाई निर्माण कार्यमा खटाएका थिए । ती सैनिक मजदुरहरुलाई दैनिक १८ घण्टा काम गर्न लगाइन्थो भने खानको लागि जम्मा एक पाउ चामल मात्र दिइन्थ्यो । दिनहुँ् कमसेकम २० जना मजदुरहरुको मृत्यु हुन्थ्यो भनेर विश्व युद्धको इतिहासमा लेखिएको छ ।

एक वर्षको अवधीमा यो रेल वे निर्माणको क्रममा करीब एक लाख २० हजार अमेरीकी, अष्ट्रेलियाली, डच तथा रसयिन सैनिकहरुको मृत्यु भएको थियो । भोकै पेटले श्रम गर्नुपर्ने, डेंगु तथा मलेरीयाले सताउने भएपछि ती सैनिकहरु छटपटिदै मर्थे । कति सैनिक त खन्दाखेरी माटोको ढिस्कोले पुरिएर मरेका थिए ।

 

Railway

विशेष