News

न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौं । जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट हुने भएको छ । न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ ।

न्यायाधीश नियुक्तिको इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको हो । न्याय परिषद सचिव राजन भट्टराईले लिखित परीक्षाको पाठ्यक्रम परिषदले पारित गरेको जानकारी दिए ।

परिषद सचिव भट्टराईको नेतृत्वमा गठित पाठ्यक्रम समितिले तयार पारेको पाठ्यक्रम परिषदले पारित गरेको हो । पाठ्यक्रम कार्यान्वयनमा आएपछि जिल्ला न्यायाधीशमा कानुन व्यवसायीले समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । परिषदले जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रम तयार पारे पनि अन्य विधि तय गर्न भने बाँकी छ ।

आजको गोरखापत्रमा खबर छ ।

विशेष