विदेश

अमेरिकाको एक विद्यालयमा गोली चल्यो पाँचको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्यो पाँचको मृत्यु


काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।

उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् । गाेली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन् । घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

विशेष