News

रोल्पामा सिंचाई राज्यमन्त्रीमाथि बम प्रहार

रोल्पामा सिंचाई राज्यमन्त्रीमाथि बम प्रहार

काठमाडौं । सिंचाई राज्यमन्त्री एवं कांग्रेस रोल्पाका उम्मदवार अमरसिंह पुनमाथि रोल्पामा बम प्रहार भएको छ । रोल्पाको स्वर्णवती गाउँपालिका–१, बाद्रिवनमा चुनावी प्रचारका क्रममा बिहीबार दिउँसो उनीमाथि बम प्रहार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रोल्पाले बम प्रहारको पुष्टि गरेको छ । तर उनलाई केही नभएको प्रहरीले जनाएको छ । उनीमाथि सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीले उनीमाथि बम आक्रमण गरेको अनुमान गरिएको छ ।

विशेष