विदेश

४३ वर्षको प्रेम पछिमात्र स्वीकारियो यी समलिंगी जोडीलाई

४३ वर्षको प्रेम पछिमात्र स्वीकारियो यी समलिंगी जोडीलाई

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा बस्ने ६४ वर्षीया जर्जीया र ६४ वर्षीया सुसेनको ४३ वर्ष लामो प्रेमको प्रतिक्षा समाप्त भएको छ ।

बहुसंख्यक अष्ट्रेलियन जनताले समलिंगी विवाहको पक्षमा मतदान गरेपछि यी जोडीको विवाहले वैधानिकता पाएको हो ।

उनीहरु सँगै बस्न थालेको नै ४३ वर्ष भइसकेको छ । पहिलो पटक भेट्दा जर्जीया २३ र सुसैन २१ वर्षकामात्र थिए ।

उनीहरु विवाह नगरे पनि सँगै बस्ने गरेको कुरा डेलिमेल दैनिकले लेखेको छ । तर उनीहरुले आधिकारिक रुपमा यसपटक मात्र बस्न पाएका छन् । अब उनीहरु खुशीसाथ र निर्धक्क रुपमा जीवन बिताउन आतुर रहेको पनि बताएका थिए । उनीहरु महिला समलिंगी हुन् ।

Samalinga

विशेष