News

रसुवामा आचारसंहिता उल्लंघनका उजुरी

रसुवामा आचारसंहिता उल्लंघनका उजुरी

रसुवा । रसुवामा निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेपछि छानबिन कार्य शुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले एकअर्का विरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी दिएपछि केन्द्रीय र जिल्लास्तरको संयुक्त अनुगमन टोलीले दक्षिणी रसुवामा अनुगमन शुरु गरेको हो ।

निर्वाचन आयोगका सहसचिव गणेशराज वस्तीको नेतृत्वमा रसुवा जिल्लाका सरकारी न्यायाधिवक्ता वासुदेव लम्सालसहितको टोलीले आजैदेखि अनुगमन शुरु गरिसकेको छ ।

पर्न आएका उजुरीमा तोकिएको आकारभन्दा ठूलो ब्यानर, धेरै मात्रामा सवारी साधनको प्रयोग, विद्यार्थी र विद्यालय चुनावी सभामा प्रयोगजस्ता आरोप लगाइएको बुझिएको छ ।

कुन पक्षबाट के कस्ता विषयमा आचारसंहिता उल्लंघन भयो स्थलगत निरीक्षणको प्रतिवेदन आएपछि सार्वजनिक गरिने र पहिलो चरणमा उजुरी पर्नासाथ टेलिफोनबाटै सचेत गराउने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विशेष