News

प्रचार टोलीलाई लक्षित गर्दै बम विस्फोट

प्रचार टोलीलाई लक्षित गर्दै बम विस्फोट

गोरखा । वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम विस्फोट भएको छ । 

गोरखा नगरपालिका–११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपराह्न विस्फोट भएको थियो । उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा २ च ९४६३ नम्बरको गाडी नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक प्रकाश अधिकारीकाअनुसार उम्मेदवार श्रेष्ठको प्रचार टोलीका चारजना नुहाइ धुवाइ गर्न र गाडी धुन सिर्दिखोलामा जाने क्रममा सो बम पड्किएको थियो । घटनास्थलमा सिल्भरका टुक्राहरु भेटिएकाले कुकर बम हुन सक्ने अनुमान प्रहरीको छ । स्थानीय बासिन्दाले बिहानैदेखि सडक छेउमा बोरा देखेको बताएका छन् । 

कसले किन बम पड्काएको हो भन्ने खुलेको छैन । बिप्लव समूहले निर्वाचन बहिष्कार गरेको हुनाले घटनामा उसको संलग्नता हुनसक्ने अनुमान प्रहरीको छ । 

bomb blast

विशेष