News

कलंकी–थानकोट सडक विस्तारलाई चाँडो पूरा गरिनेछ : नेता श्रेष्ठ

कलंकी–थानकोट सडक विस्तारलाई चाँडो पूरा गरिनेछ : नेता श्रेष्ठ

काठमाडौँ । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले कलंकीदेखि थानकोट सडक विस्तारलाई चाँडो पूरा गर्ने योजना रहेको बताएका छन् । 

नैकाप भञ्ज्याङमा वाम गठबन्धनको कार्यालयको आज शुभारम्भ गर्दै उनले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने महत्वपूर्ण नाकाका रुपमा रहेको त्यस क्षेत्रमा सडक विस्तारमा ढिला भएका कारण ट्राफिक जामका साथै स्थानीयवासीलाई धुवाँ र धुलोको समस्या रहेकाले वामपन्थी सरकार आएमा सडक विस्तार चाँडै गरिने प्रतिबद्धता व्यक्त गरे । 

विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माणमा अवरोध पुगेको विचार व्यक्त गर्दै नेता श्रेष्ठले उक्त सडक काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिका दुवैको क्षेत्रभित्र पर्ने हुँदा अब बन्ने केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी निर्माण गरिने जानकारी गराए । 

मुलुकमा सरकारले स्थायित्व कायम गरेपछि मात्र दीर्घकालीन महत्वका योजना कार्यान्वयन हुने बताउँदै काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले त्यसका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने बताए । 

kalanki-thankot

विशेष