News

ट्राफिक प्रहरीलाई ४५ प्रतिशत भत्ता

ट्राफिक प्रहरीलाई ४५ प्रतिशत भत्ता

काठमाडौं । गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने प्रस्ताव अघि बढाइएको छ ।

तुलनात्मक रुपमा ट्राफिक प्रहरीलाई काममा धेरै दुःख भएकाले भत्ता दिन लागिएको हो । यसअघि उनीहरुले ट्राफिक जरिवानाबापत उठेको राजस्वको १५ प्रतिशत कमिसन पाउँथे ।

कमिसनकै लागि ट्राफिक प्रहरीले जथाभावी कबारबाही गर्न थालेको भन्दै आलोचना भएपछि कमिसन हटाएर भत्ता दिने प्रक्रिया अघि बढाइएको हो । ट्राफिक प्रहरीलाई दिइने भत्तासम्बन्धी प्रस्ताव अर्थमन्त्रालय पुगेको छ ।

कसलाई कति प्रोत्साहन भत्ता

गृहको प्रस्तावअनुसार सिपाही र हवलदलाई तलबको ४५ प्रतिशत, सई र असइलाई ३५ तथा इन्स्पेक्टर वा सो भन्दा माथि पदका प्रहरीलाई २५ प्रतिशत भत्ता प्रस्ताव गरिएको छ ।

सडकमा धेरै सिपाही, हवाल्दार नै खटिने भएकाले प्रोत्साहन भत्ता अरुको भन्दा धरै प्रस्ताव गरिएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

विशेष