विदेश

विश्वको सबैभन्दा ठूलो हिरा साढे तीन करोड डलरमा लिलाम

विश्वको सबैभन्दा ठूलो हिरा साढे तीन करोड डलरमा लिलाम


जेनेभा । विश्वको सबैभन्दा ठूलो हिरा ३ करोड ४० लाख अमेरिकी डलरमा लिलाम भएको छ। लिलामी गर्ने कम्पनी क्रिस्टीका अनुसार यो आफैमा विश्व कीर्तिमान हो। हिरा १ सय ६३ दशमलव ४१ क्यारेटको थियो। यसमा कुनै किसिमको त्रृटि नरहेको बताइएको छ।

हिराको रंग ‘डी’ कलरको थियो। हिराको रंगको विभाजन नै ‘डी’ बाट सुरु हुने गर्छ। ‘डी’ कलरलाई हिरामा उन्नत मानिन्छ। यसले हिराको स्वभाविक रंगलाई परिभाषित गरेको हुन्छ। यसको अर्थ हिरा रंगविहिन अवस्थामा हुनु हो। किनभने हिरा पारदर्शी हुन्छ। यसपछि हिरालाई विभिन्न रंग इ, एफ, जीमा परिभाषित गर्ने गरिन्छ। हिराको रंग विस्तारै हल्का पहेँलो बन्दै जाने गर्छ। त्यसैले विभिन्न श्रेणीमा विभाजन गरिएको हो।

विशेष