News

शान्ति मिसनमा जाने सेनाको संख्या दोब्बर बनाउन प्रस्ताव

शान्ति मिसनमा जाने सेनाको संख्या दोब्बर बनाउन प्रस्ताव


काठमाडौ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाको संख्या दोब्बर बनाउन नेपालले औपचारिक प्रस्ताव राखेको छ । राष्ट्रसंघको शान्ति मिसनको आयोजनामा ८५ देशका रक्षामन्त्रीहरूको सम्मेलनमा नेपालका तर्फबाट सहभागी रक्षामन्त्री भीमसेनदास प्रधानले सो प्रस्ताव औपचारिक रूपमा राखेका हुन् ।

रक्षामन्त्री प्रधानले क्यानडामा आयोजित सो सम्मेलनमा भाग लिँदै राष्ट्रसंघीय शान्ति मिसनले आवश्यकता महसुस गरे नेपालले अहिले भइरहेको भन्दा दोब्बर संख्यामा सेना पठाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन

राष्ट्रसंघीय शान्ति मिसनले विश्वका ८५ देशका रक्षामन्त्रीहरूको सम्मेलन गरेर राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा गरिएका कामबारे जानकारी गराएको थियो । सो सम्मेलनमा शान्ति मिसनमा सहभागी राष्ट्रहरूको तालिम, क्षमता अभिवृद्धि, जोखिम न्यूनीकरण, पूर्वचेतावनी तथा तीव्र परिचालन, लंगिक अवधारणाको विषयमा छलफल हुनेछ । आजको राजधानीमा खवर छ

विशेष